सुनमार्ग र विशेष सुराकी



मुलुक प्रदेश र केन्द्रको चुनावी माहोलमा जुटेका बेला शनिवार उत्तरी नाका जोड्ने रसुवागढीबाट १७ केजी सुन बरामद भएको छ। ‘विशेष सुराकी’ का आधारमा सुरक्षाकर्मीको टोलीले रसुवाको पार्वतीकुण्ड गाउँपालिकाका ३१ बर्षिय कार्साङदावा तामाङ सुन सहित पक्राउ परेको धरहारले देख्यो। तामाङले चलाएको बा ११ च ७९१८ नम्बरको बोलेरो गाडीबाट सुन बरामद भएको हो।

छुर्पी र शौचालयमा प्रयोग हुने ट्वाइलेट पेपेर लोड गरिएको गाडीको पछाडितर्फ टिनको फल्स बटन बनाएर लुकाएर सुन ल्याइएको थियो। रसुवागढी त्यही नाका हो, जुन नाकाबाट पटक–पटक धेर थोर सुन बरामद हुँदै आएको छ। २ महिना अघिपनि सोही नाकाबाट सबैभन्दा धेरै ८८ किलो सुन बरामत भएको थियो। यसरी पटक–पटक सुन बरामद हुन थालेपछि सो नाकाको नाम परिवर्तन गरेर ‘सुनमार्ग’ राख्न धरहरा सरकार सहित सरोकारवालालाई सुझाव दिन चाहन्छ।

अर्को कुरा, नियमित चेक जाँचमा फेला पर्न नसक्ने सुन ‘विशेष सुराकी’का आधारमा मात्रै बरामद हुँदो रहेछ। विगतका घटनामा पनि त्यस्तै भनिन्थ्यो। धरहरालाई बुझ्न खुलदुली जागेको छ, त्यो विशेष सुराकीचाहिँ कस्तो रूप, रङ र जीउडालको हुन्छ ? अथवा त्यो कुनै अर्कै गृहबाट आउने अदृश्य शक्ति नै पो हो कि ?

प्रतिक्रिया दिनुहोस्