हत्याराको मृत्यु



 

मेक्सिको सिटी, (एजेन्सी)
सन् २०१० मा झन्डै ७२ जना आप्रवासीको हत्या गरेको आशंका गरिएका एक मेक्सिकनको प्रहरीले गिरफ्तार गरेको तीन दिनपछि मृत्यु भएको सरकारी सूत्रले शनिबार जनाएको छ। प्यान्क्रियाटिक रोगको उपचार गराइरहेका मार्टिनियानो जारामिल्लो नामक ती व्यक्तिलाई उत्तरपूर्वी राज्य तामाउलिपासस्थित एउटा अस्पतलमै हिरासतमा राखिएको थियो। त्यहाँबाट मेक्सिको सिटीमा लगिँदा उनको मृत्यु भएको थियो। प्रहरीका अनुसार लागूऔषध तस्कर समूहको नाइके जारामिल्लोले साउथ र सेन्ट्रल अमेरिकाबाट आएका आप्रवासीहरूको हत्या गरेका थिए। उनीमाथि एकजना मेक्सिकन अभियन्ताको पनि हत्या गरेको आरोप लगाइएको छ।

प्रतिक्रिया दिनुहोस्