उन्नाइस गिरफ्तार



कोलम्बो, (एजेन्सी)
बौद्ध र मुस्लिम समुदायबीच शनिबार भिडन्त शुरू भएपछि दक्षिणी श्रीलंकामा दंगा प्रहरी र सैनिक फौज तैनाथ गरिएको छ। गाल्ले प्रान्तका थुपै्र भवन र व्यापारिक संस्थामा आक्रमण गरी क्षति पुर्याइएपछि उन्नाइस जना व्यक्तिलाई हिरासतमा लिइएको छ। के कारण दंगा शुर भएको भन्ने स्पष्ट हुन सकेको छैन। तर प्राप्त सूचनाका अनुसार एउटा सवारी दुर्घटनापछि सो दंगा चर्केको हो। स्थानीय सरकारी निकायले साम्प्रदायिक दंगालाई नियन्त्रणमा लिइसकेको जनाएको छ। उक्त क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्