हरिरी पेरिसमा



पेरिस, (एजेन्सी)
आफ्नो राजीनामाको कारण सिर्जित तनाबबारे छलफल गर्नका लागि लेबनानी प्रधानमन्त्री साद हरिरी फ्रान्स आइपुगेका छन्। दुई साताअघि साउदी अरेबियाको भ्रमणको क्रममा उनले त्यहीँबाट दिएको राजीनामा स्वीकार भएको थिएन। इरानसँग क्षेत्रीय संघर्ष गरिरहेका साउदी अरबले दबाब दिएर आफूलाई राजीनामा दिन लगाएको भन्ने आरोप उनले अस्वीकार गरेका थिए। उनले आफ्नो ज्यानको खतरा महसुस गरी राजीनामा दिएको बताएका थिए। शनिबार लेबनानका राष्ट्रपति मिचेल आउनले हरिरीले आफूलाई बुधबारभित्र स्वदेश फर्कने बताएको जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्