नुवाकोटमा नमुना मतदान सम्पन्न



नुवाकोट, (नेस)
आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन आउन करिब ७ दिन मात्र बाँकी रहँदा मतदान प्रक्रियाबारे जानकारी गराउने उद्देश्यले नुवाकोटको विदुरमा शनिबार नमुना मतदान कार्यक्रम गरिएको छ।

विदुर नगरपालिका वडा नम्बर ४ मा भएको नमुना मतदान कार्यक्रममा उमेर पुगेको सबै समुदायका युवायुवती, वृद्धवृद्धाको सहभागिता रहेको थियो। निर्वाचनमा बदर मत संख्या घटाउन कार्यक्रमको आयोजाना गरिएको विदुर सिटी युथ क्लबका अध्यक्ष विशाल सापकोटाले बताए। नमुना मतदानमा झन्डै ५० मतदाताले मतदान गरेका थिए। जिल्ला निर्वाचन कार्यालय, नुवाकोटको प्राविधिक तथा आर्थिक सहयोगमा नमुना मतदान गरिएको सापकोटाले जानकारी दिए।

नमुना मतदान कार्यक्रममा मतदान कार्य र यसका प्रक्रियाअन्र्तगत प्रयोगात्मक अभ्यास गराई नमुना मतदान गरिएको जिल्ला निर्वाचन अधिकृतको कार्यालय, नुवाकोटले जनाएको छ। नमुना मतदानमा खटिएका पर्यवेक्षक वास्तविक रहेका थिए भने मतदान अधिकृत, सहायक मतदान अधिकृत, कर्मचारी, मतदाता, दलका प्रतिनिधि युवा क्लवका पदाधिकारी तथा स्वयंसेवक रहेका थिए।

प्रतिक्रिया दिनुहोस्