दुई ज्यापु महागुथिबीच एकीकरण



नेपाल समाचारपत्र, काठमाडौं
ज्यापु महागुथि र श्रीज्यापु महागुथि नेपाः बीच एकीकरण भएको छ।

शनिबार राजधानीमा ज्यापु महागुथि र श्रीज्यापु महागुथि नेपाः ले संयुक्तरूपमा विशेष साधारणसभाको आयोजना गरी महागुथि गरिएको हो। एकीकरणपश्चात ‘ज्यापु महागुथि नेपाः’ को नामबाट संस्थालाई निरन्तरणा दिने घोषणा गरिएको छ।

महागुथि एकीकरण समन्वय समितिका अध्यक्ष कालु महर्जनको सभापतित्वमा दुवै संस्थाका साधारण सदस्य, आजीवन सदस्य, केन्द्रिय पार्षद् र महागुथिअन्तर्गत विभिन्न भेगका १० वटा क्षेत्रीय समितिका प्रतिनिधिको उपस्थितिमा महागुथि एकीकरण भएको घोषणा गरिएको थियो।

विशेष साधारणसभाको उद्घाट्न पूर्वमन्त्री एवं समाजसेवी प्रयागराज सिंह सुवाल, ललितपुर खोकनाका समाजसेवी देवबहादुर डंगोल, र भक्तपुरका गुरु भक्तबहादुर घःजुले संयुक्तरूपमा गरेका थिए। उक्त अवसरमा दुवै संस्थाको प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन उपर छलफल गरी सर्वसम्मतिबाट पारित पनि गरिएको थियो।

साधारण सभामा दुवै संस्थाको विधानलाई परिमार्जित गरी प्रस्तुत गरिएको ज्यापु महागुथि नेपाः को विधान पनि सर्वसम्मतिबाट पारित गरिएको थियो। साथै, लोककवि राजभाइ जकःमीको अध्यक्षतामा ७१ जना सदस्य रहेको ज्यापु महागुथि नेपाः महाअधिवेशन तयारी समिति गठन गरिएको थियो।

दुवै संस्था एकीकरण भएको घोषणापश्चात अध्यक्ष लोककवि राजभाइ जकःमीले आगामी दिनमा समग्र ज्यापु समुदायलाई एकताबद्ध गरी सांस्कृतिक तथा राजनैतिक अधिकार प्राप्त गर्ने दिशामा अगाडि बढ्न सहज हुने विचार व्यक्त गर्नुभयो।

वरिष्ठ उपाध्यक्ष सन्तु महर्जनले दुवै महागुथिबाट गर्र्दै आएका गतिविधिलाई एकीकृतरूपमा अगाडी बढाउदै ज्यापु जातिको पहिचान र गौरवलाई निरन्तर अगाडी बढाउने काममा लागिपर्ने प्रतिवद्धता जनाउनुभयो।

समन्वय समितिका सह–संयोजक शरदकुमार डंगोलले स्वागत मन्तव्य दिनुभएको विशेष साधारण सभालाई सम्बोधन गर्नुहँुदैं पूर्वमन्त्री एवं समाजसेवी प्रयागराज सिंह सुवालले यस ऐतिहासिक निर्णयले ज्यापु समुदायलाई समय र परिस्थितिअनुसार अगाडी बढ्न सक्षम र सहज हुनेमा जोड दिनुभयो।

ज्यापु महागुथिका पूर्व अध्यक्ष राजभाई ज्यापुले तरल राजनैतिक अवस्थामा आदिवासी ज्यापु राजनैतिक शक्तिकोरूपमा अगाडी बढ्नुपर्ने बताउनुभयो। समन्वय समितिका सचिव शान्तराज महर्जनले ‘नेपाल मण्डल हाम्रो पौरख, नेपाल भाषा हाम्रो गौरब’ मूल नारा लिई ज्यापु महागुथि नेपाः अगाडी बढ्ने बताउनुभयो।

उक्त अवसरमा एकीकरण समन्वय समितिका सचिव शान्तराज महर्जनको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गर्नुका साथै ज्यापु समाज, ललितपुरलगायत ज्यापु हकहित र अधिकारकोलागि समर्पित संघसंस्थासंग कार्यगत एकता गरी अगाडी बढ्नेसमेत निर्णय गरियो।

ज्यापु महागुथि नेपाः का पदाधिकारीहरूमा अध्यक्ष लोककवि राजभाई जकःमि, वरिष्ठ उपाध्यक्ष सन्तु महर्र्जन, उपाध्यक्ष्यहरू सत्यनारायण डंगोल, कृष्णबहादुर धःजु रहेका छन्। त्यसैगरी महासचिव मचाराजा महर्जन, सचिव गिरीधर डंगोल, कोषाध्यक्ष रमेश महर्जन र सहायक

प्रतिक्रिया दिनुहोस्