‘कांग्रेसविना लोकतन्त्र अधुरो’



नेपाल समाचारपत्र, काठमाडौं ।
नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नं १ प्रतिनिधिसभा उम्मेदवार प्रकाशमान सिंहले वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीको संयोजकत्वमा एक हजार १ सदस्यीय चुनाव प्रचारप्रसार समिति गठन गर्नुभएको छ।

कार्तिक २० गतेबाट नै चनावी घरदैलो कार्यक्रम सुरु गरेको भए पनि नेता सिंहले शनिबार मात्र निर्वाचन क्षेत्र नं. १ मा व्यवस्थित रुपमा चुनावी प्रचार अभियान सञ्चालन गर्न लिलेन्द्र प्रधानलाई आर्थिक, प्राध्यापक चूडाराज उप्रेतीलाई वौद्धिक र निरज कार्कीलाई युवा परिचालन समिति संयोजकको जिम्मेवारी दिनुभएको हो। उहाँले घरदैलोको क्रममा काठमाडौँको वडा २९ घट्टेकुलो मतदातासँग भेटघाट गर्नुभयो।

पूर्व उपप्रधानमन्त्री एवं काँग्रेसका पूर्वमहामन्त्रीसमेत रहनुभएका नेता सिंहले यसअघिको समय सविधान जारी गर्ने क्रममा बितेकाले आफ्नो क्षेत्रको विकासनिर्माणको काम अधुरो रहेको बताउनुभयो।

उहाँले भन्नुभयो– ‘मैले सविधान जारी गर्ने क्रममा भूमिका निर्वाह गरें, अब आफ्नो निर्वाचन क्षेत्रको विकास निर्माण काम गर्नुछ, आफ्नो क्षेत्रलाई नमुना क्षेत्र बनाउन मलाई यहाँँहरूको मतदान चाहिएको छ।’’ अब देशलाई समृद्धिको बाटो लैजाने काम काँग्रेसले मात्र गर्न सक्ने भन्दै काँग्रेसबिना लोकतन्त्र अुधरो रहने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्