न्याय माग्दै किरियापुत्री प्रहरीमा



हेटौंडा, (नेस)
करिब ८० वर्षीया आमाको किरिया बसेका ३ छोरा न्याय माग्दै किरियापुत्रीकैरूपमा इलाका प्रहरी कार्यालय, मनहरी पुगेका छन्।

बिहीबार मनहरी गाउँपालिका–६, रुपाचुरीकी एक वृद्धाको कालगतिले मृत्यु भएको थियो। सद्गद् गर्ने क्रममा सोही गाउँका केही व्यक्तिले अवरोध गर्दै कुटपिट गरेपछि मृतकका छोरा किरियापुत्री बसेकै अवस्थामा न्याय माग्न प्रहरीसमक्ष पुगेका हुन्।

स्थानीय सूर्यमान जिम्बा, उनका २० वर्षका छोरा विशाल र १८ वर्षका छोरा भीमलाल तथा राक्सिराङ गाउँपालिका–६, सिसिंगेका सोमलाल मुक्तानले किरियापुत्रीलाई कुटपिट गर्नुका साथै सद्गद् गर्न अवरोध गरेको आरोप लगाइएको छ।

उनीहरूले नियमितरूपमा सद्गद् गर्ने स्थानमा शव लैजाने क्रममा सद्गद् गर्न बन्देज लगाइएको भन्दै अवरोध पुर्याएको किरियापुत्रीहरूले दिएको जाहेरीमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्