अफगानिस्तानमा तीन पत्रकारको मृत्यु



 

काबुल । अफगानिस्तानमा गत एक हप्ताको अवधिमा विभिन्न कारणले तीन जना अफगानी पत्रकारको मृत्यु भएको छ ।

एक हप्तामा तीन जनाको मृत्यु भएको हो भने अरु केही घाइते पनि भएको संचार माध्यम समर्थक एक संस्थाले शनिबार जनाएको छ ।

अफगानिस्तानमा यस बर्षको छ महिनामा लडाकूहरुको आक्रमणमा परी १० जना पत्रकारको मृत्यु भएको छ ।

यसैबीच, अफगानिस्तानमा सुरक्षा अधिकारी र आतङ्ककारीबीच शुक्रबार भएको झडपमा परी एक प्रहरी र छ आतङ्ककारीको मृत्यु भएको छ ।

अफगानिस्तानको पूर्वी प्रान्तमा पर्ने गजनीमा भएको झडपका क्रममा अन्य १५ पनि घाइते भएको प्रहरी अधिकारीले शनिबार जानकारी दिएका छन् । आतङ्ककारी लडाकू तालीवान लडाकू भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्