बामगठबन्धनको पाँच नम्बर भेलामा बम विस्फोट, थप बिवरण आउन बाँकी



सञ्जय कार्की, रौतहट । अज्ञात समुहले राखेको बम बिस्फोट हुदा चन्द्रनिगाहपुर आठ जना घाईते भएका छन । रौतहटको चन्द्रपुर–५ स्थित राधाकृष्ण मंदिरको हलमा बामगठबन्धनको पाँच नम्बर वडा भेला सम्पन्न भएर खाजा खान हल बाट बाहिरीने क्रममा बम बिस्फोट भएको हो । चन्द्रनिगाहपुरको धार्मिक स्थल राधाकृष्ण मंन्दिरकै हलमा बामगठबन्धनको भेला भएर बाहिरिने बेलामा बरको बोट नजिक बिस्फोट हुदा ३१ बर्षिय सीता राई, ७ बर्षिय जैबिक राई, ४५ बर्षिय लक्ष्मि साह, ५४ बर्षियरत्न बहादुर बिक, ४८ बर्षिय कुन्ता खत्री, ३९ बर्षिय गोपाल बिक, ४५ बर्षिय दिलमाया राई, ५० बर्षिय यमुना काफले घाईते भएका छन । घाईते मध्ये सीता राई र जैबिक राई आमा छोरा हुन । यमुना काफले र गोपाल बिकको चन्द्रनिगाहपुर अस्पतालमा उपचार भैरहेको छ भने अन्य घाईतेको उपचारको लागि चितवन रिफर गरिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । घाईतेहरुको हात, खुट्टा, पेट लगायतको शरिरको बिभिन्न भागमा चोट लागेको चन्द्रनिगाहपुर अस्पतालले जनाएको छ । घाईते सबै चन्द्रनिगाहपुरका बासिन्दा हुन । भेलामा माओबादी र एमालेका केन्द्रिय नेता कल्याणी खडका, युबराज भट्टराई समिर समेत रहनु भएको थियो । उहाहरु भेला लाई पहिलेनै सम्बोधन गरेर हिडिसक्नु भएको थियो । बिस्फोट भएको बम टाईम बम हो या कुन बम हो खोजबीन भैरहेको जनाइएको छ । माओबादी केन्द्रका एकराज थापाले भन्नु भयो चुनाबी बिषयमा भेला बसिरहेको समयमा एकैपल्ट बिस्फोटको आवाज सुनियो आएर हेर्दा साथीहरु घाईते भैसक्नु भएको रहेछ । बमबिस्फोटको जिम्मा कसैलेपनि लिएका छैनन । बामगठबन्धनको भेला भएको पुर्बसुचनाको आधारमा त्यसक्षेत्रमा बम राखिएको हुन सक्ने अनुमान गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्