डोटीका गाउँघरमा चुनावी रौनक बढ्दै



विमल विष्ट, डोटी । चुनाव नजिकिदै गर्दा डोटीका गाउँघरमा चुनावी रौनक बढेको छ । कतै कांग्रेस त कतै वाम गठबन्धनका गीत, नाराजुलुस घन्किरहेका छन् । गाउँघर तथा स्थानिय बजारका भित्ताहरुमा पर्चा पम्पलेटले रंगी चंगी पारिएका छन् । कतै झण्डाले रंगिबिरंगी देखिएको छ भने टोलटोलमा फरक फरक पार्टीका कार्यक्रमले गुञ्जयमान छन् । किसान पनि गहुँ छर्ने काम सकिसकेकाले आ–आफ्नो आस्था भएको पार्टीको प्रचारप्रसारमा लागेका छन् ।
नेताहरुले यसरी कार्यक्रम गरिरहँदा नागरिकले आ–आफ्नो गाउँठाउँको समस्या राख्दै माग पूरा गर्न भनीरहेका छन् । आफूहरुका माग पूरा गर्ने प्रतिबद्धता जनाएमात्रै भोट दिने स्थानियको माग छ । टोलटोलमा विभिन्न छलीया, हुड्केउली सहितका बजागाजाको रमाइलोले गाउघरमा बिहे ब्रतबन्ध जस्ता रमाईला कार्यक्रम हुन थालेको आभास हुने गरेको गड्सेराका लिलाधर विष्टले बताउनु भयो । ठूला पार्टीले मन्त्रीदेखि लिएर केन्द्रीयस्तरका नेताहरुलाई बोलाएर चुनावी आमसभा गरिरहेका छन् । त्यस्तै नेता कार्यकर्ताले चुनावी सभाका लागि दिपायलमा भएका गाडी बुकिङ गर्न थालेपछि बजारका सर्वसाधरणलाई यात्रा गर्न समस्या भएको बताईएको छ ।
नेपाली कांग्रेस,नयाँशक्ति र राप्रपाको लोकतान्त्रिक गठबन्धन र एमाले र माओवादी केन्द्रको वाम गठबन्धन र अन्य साना दलले प्रत्येक गाउ ठाउँमा चुनावी सभा गरीरहेकाले यहाँको माहोल नै रमाईलो मय बन्दै गएको छ । कामका लागि परदेश गएकाहरुलाई पनि यहाँका दलहरुले चुनावमा भोटहाल्न आउन आग्रह गरेपछि स्थानियहरुपनि भारत लगायतका देश बाट घरफर्किन थालेका छन् । यहाँका शहर बजार भन्दा पनि गाउमा चुनावी रौनकले छोयकाले गाउघरमा शहर भन्दा बढी चहल पहल लेखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्