मंसिर २ । साताको राशिफल । मंसिर २ देखि मंसिर ८ गतेसम्म



ज्यो. चन्द्रेश शर्मा

 मेष
यो साता तपाईंका लागि धेरै नराम्रो देखिँदैन। आज शनिबार धनलाभ, कार्य सफल हुनेछ भने त्यसपछिका दुई दिन त्यति सन्तोषजनक छैनन्। दिनचर्या अस्तव्यस्त हुने, मानसिक तनाव बढ्ने, अपच–झाडापखालाको सम्भावना देखिन्छ। सजग रहनुहोला। तर मंगलबारदेखि बिस्तारै समस्या समाधान हुँदै जानेछन्। स्वास्थ्यलाभ, आर्थिक लाभ, सुख–सन्तोष हुुनेछ। राज्यबाट लाभ हुनेछ।
 वृष
तपाईंका लागि यस हप्ताका धेरैजसो दिनहरु शुभ छन्। आँटेको र अधुरा काम पूरा होलान्। एकपछि अर्को गर्दै सफलताका सिँढीहरु उक्लिने सम्भावना छ। भोजनादि खाद्यान्न सामग्री प्राप्ति होला। साथीभाइ, इष्टमित्रसँग भेटघाट हुने र सो भेटघाटबाट राम्रै उपलब्धि होला। मंगलबारदेखि बिहीबारसम्म भने बढी नै परिश्रम गर्नुपर्ला। आर्थिक नोक्सानी हुने र तनाव सृजना हुने देखिन्छ।
 मिथुन
तपाईंका लागि यो साताका दिनहरु धेरै शुभ फलदायक देखिन्छन्। सानै प्रयासबाट नचिताएका ठूला काम बन्नेछन्। कतैबाट धन, पुरस्कार, उपहार, मिष्ठान्न भोजन प्राप्ति हुने सम्भावना छ। पारिवारिक वा साथीभाइसँग रामै्र जमघट होला। आर्थिक लाभ हुनेछ। वैदेशिक होस् वा स्वदेशमै भए पनि रोमान्टिक यात्रा हुनसक्छ। साताको अन्त्य शुक्रबार भने स्वास्थ्यमा समस्या आउन सक्छ।
 कर्कट
तपाईंका लागि यस साताका शुरुका दिनहरु धेरै फलदायक देखिन्छन्। आर्थिक लाभ, मान–सम्मान, पढाइ, व्यापार आदिमा सफलता होला। राज्यबाट लाभ, कूटनीतिक प्रयास सफल, धनलाभ, मानसिक सन्तुष्टि हुने देखिन्छ। प्रतिस्पर्धामा विजय नहोला भन्न सकिन्न। तर बुधबार र बिहीबार भने वायुजन्य रोग ग्यास्टिकले सताउन सक्छ। दोडधुप, तनाव एवम् लखतरान परिएला। पारिवारिक विवाद हुन सक्छ।
सिंह
साताको शुरुको दिन शनिबार केही खर्च र सामान्य स्वास्थ्य समस्या आउने सम्भावना छ। तर बाँकी दिनहरु भने धेरै लाभदायक छन्। इच्छित कार्यहरु पूरा हुँदा मन प्रफुल्लित हुनेछ। व्यापार, ठेक्कापट्टा वा गरिरहेको व्यवसायले सफलताको सिँढी चढ्नेछ। आम्दानीका स्रोतहरु बढ्नेछन्। नेतृत्व क्षमतामा वृद्धि हुँदा अरुहरु नतमस्तक हुनेछन्। इज्जत–प्रतिष्ठा नयाँ उचाइमा पुग्नेछ।
 कन्या
तपाईंका लागि यस साताका शुरुका दिनहरु धेरै फलदायक देखिन्छन्। आर्थिक लाभ, मान–सम्मान, पढाइ, व्यापार आदिमा सफलता होला। राज्यबाट लाभ, कूटनीतिक प्रयास सफल, धनलाभ, मानसिक सन्तुष्टि हुने देखिन्छ। प्रतिस्पर्धामा विजय नहोला भन्न सकिन्न। तर बुधबार र बिहीबार भने वायुजन्य रोग ग्यास्टिकले सताउन सक्छ। दोडधुप, तनाव एवम् लखतरान परिएला। पारिवारिक विवाद हुन सक्छ।
 तुला
यो साताका धेरैजसो दिनहरु शुभ फलदायक देखिँदैनन्। आज शनिबार र अन्त्यको शुक्रबार प्रयास गरेमा उन्नति–प्रगति होला। सुख–सन्तोष एवम् रमाइलो होला। तर बाँकी सबै दिनहरु तपाईंका लागि अनुकूल देखिँदैनन्। विभिन्न आरोप सहनुपर्ला। दुःख–कष्ट, स्वास्थ्यमा समस्या, इज्जत–प्रतिष्ठामा आघात, राज्यबाट भय हुने सम्भावना छ। साथीभाइ, इष्टमित्रबाट धोका पाइन सक्छ।
 वृश्चिक
 तपाईंका लागि यस साताको मध्यभाग सोमबार र मंगलबार त्यति राम्रो देखिँदैन। बाँकी दिनहरु शुभ फलदायक छन्। विविध वस्तु वा सेवाको प्राप्ति होला। आफ्नो बोली बिक्ने, कार्य सफल हुने, उपहारादि वस्तु प्राप्ति हुने सम्भावना छ। साथीभाइसँगको भेटघाट उपलब्धिमूलक हुनेछ। तर साताको मध्यभागमा भने अनावश्यक खर्च, स्वास्थ्य समस्या, चोटपटकको भय हुने देखिन्छ।
 धनु
 यस हप्ताका बढीजसो दिन तपाईंका लागि शुभ छन्। गरेका कार्यहरु सफल हुँदा सुखानुभूति हुनेछ। कतैबाट खाद्यान्न लाभ होला। आफन्त वा साथीभाइसँग रोमान्टिक यात्राको सम्भावना छ। उपहारस्वरुप कतैबाट प्रिय वस्तु प्राप्त हुने सम्भावना छ। तर बुधबार र बृहस्पतिबार भने कार्यमा असफलता हुँदा तनाव बढ्नेछ। धन हानि, मान हानिको सम्भावना छ। धैर्य गर्नुहोला।
मकर
तपाईंका लागि यस साताका शुरुका दिनहरु धेरै फलदायक देखिन्छन्। आर्थिक लाभ, मान–सम्मान, पढाइ, व्यापार आदिमा सफलता होला। राज्यबाट लाभ, कूटनीतिक प्रयास सफल, धनलाभ, मानसिक सन्तुष्टि हुने देखिन्छ। प्रतिस्पर्धामा विजय नहोला भन्न सकिन्न। तर बुधबार र बिहीबार भने वायुजन्य रोग ग्यास्टिकले सताउन सक्छ। दोडधुप, तनाव एवम् लखतरान परिएला। पारिवारिक विवाद हुन सक्छ।
 कुम्भ
तपाईंका लागि साताको शुरुका दुई दिन शुभ देखिँदैन। शोक–सन्ताप बढ्ने, कार्य असफल हुने, ग्यास्टिक, अपचजस्ता समस्याले सताउला। सोमबारदेखि समय उत्तम फलदायक छ। पढाइ, प्रतियोगिता, खेलकुद, मुद्दामामिला आदिमा विजय हुनेछ। अधुरा कार्यहरु पूरा हुनेछन्। प्रेमप्रसंग सफल हुनेछ। आफ्नो जीवनसाथीबाट धेरै सहयोग मिल्नेछ। कतैबाट पुरस्कृत भइने सम्भावना छ।
 मीन
साता उत्तम फलदायक छ। आँटेका र थालनी गरिएका अधुरा कार्यहरु पूरा हुनेछन्। व्यापारिक क्षेत्रमा लागेका व्यक्तिलाई सोचेभन्दा बढी फाइदा होला। कुनै अचल सम्पत्ति वा भविष्यमा फाइदा दिने शेयर अथवा कुनै व्यवसायमा लगानी होला। पराक्रम, प्रतिष्ठा, इज्जत बढ्नाले मानसिकरुपमा स्वस्थ एवम् तनावरहित भइनेछ। साताको शुरु आज शनिबार भने रोगव्याधि, विवाद नहोला भन्न सकिन्न।

प्रतिक्रिया दिनुहोस्