फिल्ममा शान्ति



फाल्गुनन्द लिङ्देन फिल्मस् प्रालिद्वारा निर्माण गरिएको फिल्म शान्तिको छायाङ्कन पूरा भई सम्पादन कार्य भइरहेको छ। फिल्ममा सामाजिक, पारिवारिक तथा मायाप्रेम मिश्रित कथा समेटिएको निर्देशक लिङदेनले बताए।

शान्ता बखिम थेबे निर्मात्री र बसन्त थेबे लिम्बू कार्यकारी निर्माता रहेको फिल्ममा सुशिल क्षेत्री, निशा पोमु, सञ्जीव थेबे, सुप्रिया श्रेष्ठ, सुदिता लिङदेन, अजय खडका, बालदीप राई, शर्मिला शर्मा, प्रदीप योङहाङलगायतका कलाकारले अभिनय गरेका छन्।

हरी उप्रेतीको गीत, विकास चौधरीको सङ्गीत, जनक कार्कीको नृत्य, राजु किराँतीको द्वन्द्व, ज्ञानु राईको छायांकन तथा दिनेश लिङ्देनको कथा र निर्देशन रहेको यो चलचित्र चाँडै नै हङकङ, सिङ्गापुर, कोरिया, अमेरिका, युकेलगायतका देशमा प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्