मिस्टर वसियनमा विवेक



पुरुष सौन्दर्य प्रतियोगिता मिस्टर वसियन २०१७ मा पूर्व मोडल हन्ट विजेता विवेक खड्काले नेपालको प्रतिनिधित्व गर्ने भएका छन्।
 
आगामी नोभेम्बर १५ देखि २६ सम्म ताइवानको ताइपेइमा हुने प्रतियोगीतामा ७० देशका युवाको सहभागीता रहनेछ। ६.१ उचाइका २० वर्षीय खड्काले प्रतियोगीतामा नेपाली कलासंस्कृति झल्कने विभिन्न भेषभुषाका साथ नेपाललाई सगरमाथा र बुद्धको देश भनेर चिनाउन आफ्नो सहभागीता अर्थपूर्ण रहने बताए। यस अगाडि मोडल हन्ट नेपालकी प्रतियोगी सिम्रन खड्काले एक अन्तर्राष्ट्रिय उपाधि नेपाल भिœयाउन सफल भएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्