अभयासँगै रमाए विद्यार्थी



लोकप्रिय रकपप व्यान्ड अभया एन्ड द स्टिम एन्जन्सले अमेरिकापछि राजधानीमा कन्सर्ट गरी विद्यार्थीलाई झुमाएको छ। बबरमहलस्थित ओलम्पिया वल्र्ड स्कुलमा भएको ओलम्पिया फेटमा कन्सर्ट गरेर विद्यार्थीहरुलाई झुमाएको हो।

अमेरिकाको सात शहरमा कन्सर्ट दिएर फर्किएको व्यान्डले विद्यालयका बालबालिकामाँझ आफ्ना गीतसंगीत प्रस्तुत गरी मोहित तुल्यायो। व्यान्डकी प्रमुख गायिका अभया सुब्बाका अनुसार व्यान्डले अमेरिकाका सिनसिनती, सेन्ट लोस, एटलान्टा, बोस्टन, न्यूर्योक, वासिङ्टन डीसी र बाल्टिमोरमा आफ्नो कन्सर्ट गरेको थियो। स्कुलको सातौं वार्षिकोत्सवमा आयोजित कार्यक्रममा व्यान्डले आफ्ना गीतमार्फत् बालबालिका, शिक्षकशिक्षिका तथा अभिभावकलाई सांगीतिक माहौलमा झुमाएको थियो।

नारीको सम्मान नारा दिएर गरिएको कार्यक्रममा अभयाले हामी सबै नेपाली, नैनीताल मास अप, लुकिङ फर लभ, रमाउन देऊ, तिम्रो लागि, यो मेरो घर, बादल बोलको गीत प्रस्तुत गरी आफूसँगै विद्यार्थीलाई नचाएकी थिइन्।

मेलाको शुभारम्भ महिला जुडो खेलाडी तथा ओलम्पियन फूपु ल्हामु खत्रीले गरेकी थिइन्। कार्यक्रमको व्यवस्थापन पोजिटिभ भाइब्सले गरेको थियो।

प्रतिक्रिया दिनुहोस्