सुधारिन लागेको बजार फेरि ओरालोतर्फ



नेपाल समाचारपत्र, काठमाडौं
दुई सातापछि सुधार देखिएको शेयर बजार यस साता २८ दशमलव ३३ अंकको सुधारिएको छ। साताका पहिलो तीन दिन बजार उकालो लाग्दा नेप्से परिसूचक बढेको हो।

दुई साता लागेको बजार तेस्रो साता भने सकारात्मक रह्यो। बजार परिसूचकमा साताको पहिलो दिन आइतबार १६ दशमलव ४१ अंकको सुधार आउँदा बजार फर्किने संकेत देखाएको थियो। त्यसपछि बजार लगातार दुई दिन सुधारको बाटोमा लाग्यो। सोमबार बजार १३ दशमलव ७४ अंकले बढेको थियो भने मंगलबार पनि बजार २५ दशमलव १४ ले बढेको थियो। तर, बुधबार र बिहीबार भने सकारात्मक हुन सकेन। ती दुई दिन बजार क्रमशः १२ दशमलव ७७ र १५ दशमलव ७३ अंकले घटेको थियो।

नेप्से परिसूचक बढ्दा यस साता ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि पहिलो दिनको तुलनामा २ दशमलव ५८ अंकले घटेर ३ सय १३ दशमलव १२ अंकमा आइपुगेको छ। परिसूचकमा सुधार आउँदा यस साता शेयर बजारको आकार (बजार पुँजीकरण) २३ अर्ब रुपियाँले बढेको छ। तीन कारोबार दिन शेयर बजार धनात्मक रहँदा कुल बजार पुँजीकरण पनि २२ अर्ब ८८ करोडले बढेको हो। यससँगै नेप्सेको बजार पुँजीकरण १७ खर्ब २८ अर्ब ६८ करोडमा पुगेको छ।

साताको आइतबार १ हजार ४ सय ६० दशमलव ७३ अंकबाट शुरू भएको शेयर बजार बिहीबार १ हजार ४ सय ८९ दशमलव शून्य ६ अंकमा आइपुगेको हो।

यस साता कारोबारमा आएका १० मध्ये ८ समूहमा सुधार आउँदा समग्र बजार परिसूचक उकालो लागेको हो। परिसूचकमा भारि गिरावट आउँदा भने यस साता अघिल्लोे साताको तुलनामा कारोबार रकम भने बढेको छ। यस साता २ अर्ब ९२ करोड ५ लाख १५ हजार रुपियाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ। सो क्रममा नेपाल स्टक एक्सचेन्जमा १ सय ८० कम्पनीका ६८ लाख २७ हजार ६ सय ८० कित्तँ शेयर किनबेच भएका थिए। सातभरि कूल २९ हजार ३ सय ३० कारोबार भएका थिए। कारोबार रकम अघिल्लो साताको तुलनामा १५ दशमलव ६ प्रतिशत बढी हो। अघिल्लो साता बजारमा १ सय ७९ कम्पनीका ६० लाख ५९ हजार कित्ता शेयर २ अर्ब ५२ करोड ६४ लाख ९० हजार रुपियाँको कारोबार भएको थियो।

यस साता क्याल्कुलेसन भएका ९ मध्ये ७ समूहको उपसूचक बढेका थिए। बढ्नेमध्ये सबैभन्दा धेरै जलविद्युत् समूहको परिसूचकमा ९२ दशमलव १२ अंकको सुधार आयो।

त्यस्तै बीमा र उत्पादनमूलक बैंक समूहका परिसूचकमा क्रमशः ७३ दशमलव १८ र ७० दशमलव ९१ अंकले बढे। बैंकिङ र विकास बैंक समूहका परिसूचक क्रमशः ३१ दशमलव ८१, २६ दशमलव ४४ र ७ दशमलव ३४ अंकले उकालो लागे। वित्त समूहको परिसूचक पनि शून्य दशमलव ८९ अंकले उकालो लाग्दा होटल र ट्रेडिङ समूह क्रमशः १९ दशमलव ३८ र ४ दशमलव ४८ अंकले ओरालिए।
यस साता कारोबार रकमको आधारमा चिलिमे हाइड्रोपावर कम्पनी अग्रस्थानमा रह्यो। कम्पनीको कूल १६ करोड १९ लाख ९० हजार रुपियाँ बराबरको शेयर कारोबार भएको हो। त्यस्तै प्रभु बैंक लिमिटेड संस्थापकको संस्थापक शेयरको १२ करोड ६२ लाख ८० हजार रुपियाँ, गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयरको ११ करोड २४ लाख ३० हजार रुपियाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकको १० करोड ७६ लाख रुपियाँ र नेपाल दूरसञ्चार कम्पनीको ९ करोड ३८ लाख ५० हजार रुपियाँ बराबरको शेयर कारोबार भएका थिए।

कारोबार भएको शेयर संख्याको आधारमा प्रभु बैंकको संस्थापक शेयरले शीर्ष स्थान ओगटेको छ। यस साता बैंकका ६ लाख ९८ हजार कित्ता संस्थापक शेयर कारोबार भएका थिए। साथै कारोबार संख्याको आधारमा नेपाल ग्रामीण विकास बैंक अग्रस्थानमा रह्यो छ। कम्पनीका कूल १ हजार ६ सय ९ वटा कारोबार भएका थिए।

यस साता पनि नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँचै दिन खुला रह्यो। गत हप्ता ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरूको कुनै पनि कारोबार भएन।

साताभरि ६ कम्पनीका शेयर र ६ वटा विकास ऋणपत्र नेप्सेमा सुचीकृत भए। सूचिकृत हुनेमा सनराइज बैंकको ७ लाख १० हजार ७ सय ९ कित्ता, कन्काई विकास बैंकको ३२ लाख १० हजार कित्ता, गुडविल फाइनान्सको २७ लाख २२ हजार ५ सय कित्ता तथा कामना सेवा विकास बैकका २४ लाख १३ हजार १ सय ३७ दशमलव ६ कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भए।

त्यस्तै नेप्सेमा सूचीकृत हुने अन्य शेयरमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका १२ लाख ४० हजार ४ सय कित्ता र नेपाल इन्स्योरेन्स कम्पनीको १ लाख ४३ हजार ८ सय ४ दशमलव १ कित्ता बोनस शेयर रहेका छन्। यस साता साधारणतर्फ २८ करोड १४ लाख कित्ता बराबरका ६ वटा विकास ऋणपत्र पनि नेप्सेमा सूचीकृत भएको नेप्सेले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्