हस्ताकलामार्फत् गरिबी निवारणमा जोड



नेपाल समाचारपत्र काठमाडौं
नेपाल हस्तकला महासंघको आयोजनामा भृकुटीमण्डपमा १५औं हस्तकला व्यापार मेला शुरू भएको छ। पाँच दिनसम्म चल्ने मेलामा हस्तकलाबाट निर्मित सामग्रीहरूको प्रदर्शनी गरिएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मेला उद्घाटन गर्दै मुलुकको आर्थिक विकासका लागि हस्तकलाका सामग्रीको प्रचारप्रसारमा जोड दिएर निर्यात गर्नु बताउनुभयो।

उहाँले हस्ताकलाको विकासले मात्र देशको आर्थिक समृद्धि र गरिबी निवारणमा समेत टेवा पुग्ने विश्वास व्यतm गर्नुभयो। राष्ट्रपति भण्डारीले परम्परागत हस्तकलाका ज्ञान र सीपलाई प्रवद्र्धन गरी युवा उद्यमशीलतालाई आकर्षण गर्नुपर्ने र जसले गर्दा हस्तकलाका सीप र कलाले अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचान पुर ्याउन सहयोगी बन्ने बताउनुभयो। कार्यक्रममा उत्कृष्ट हस्तकलाका निर्यातकर्तालाई प्रमाणपत्रसमेत वितरण गर्नुभयो।

२ सय ५० भन्दाबढी स्टल रहेको मेलामा काष्ठकला, धातुकला, सुनचाँदी, फेल्टका सामान, ऊनी तथा सुती, ढाकाका सामान, पश्मिना, हाते कागजका सामान, छालाजन्य सामान, प्राकृति करेसा र बाँसका सामानका साथै जडिबुटी, अर्थोडक्स चियालगायतका वस्तु प्रदर्शनीमा राखिएका छन्। महासंघको निवर्तमान अध्यक्ष तथा मेला आयोजक समितिको संयोजक हेमरत्न शाक्य जानकारी दिनुभयो।

मेलामा करिब १ लाख आगन्तुक आउने अनुमान गरिएको छ भने १० करोडभन्दा बढीको व्यापार हुने आशा गरिएको छ। विद्यार्थीलाई ५० प्रतिशत सहुलियतको व्यवस्था र वृद्धवृद्धालाई निःशुल्क गरिएको छ। मेला अवलोकन गर्नको लागि प्रवेश टिकटको ५० रुपियाँ निर्धारण गरिएको छ।

१० हजार मान्छेको लागि टिकट निःशुल्क गरिएको महासंघले जनाएको छ। मेला अवधिभर विभिन्न स्वदेशी एवम् विदेशी क्रेता र बिक्रेता फर्म, कम्पनीबीच छलफल पनि आयोजना गरिने भएको छ।

प्रतिक्रिया दिनुहोस्