पञ्चशील सहकारीद्वारा खाद्यान्न वितरण



ललितपुर, (नेस)
संस्था सञ्चालन गरेको १० वर्ष पूरा गरी ११औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा पञ्चशील बहुउद्देश्यीय सहकारी संस्थाले शुक्रबार रविभवनस्थित दिलशोभा श्रेष्ठद्वारा सञ्चालित आमाघरमा खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ।

संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत समय–समयमा सामाजिक गतिविधि सञ्चालन गर्दै आइरहेको छ। यस आर्थिक वर्षमा ललितपुर, काठमाडांै र भक्तपुरमा रहेका मठ, मन्दिर सरसफाई सम्पन्न गरेको छ।

संस्थाका सञ्चालक समिति, लेखा समिति, विभिन्न उपसमिति र सम्पूर्ण कर्मचारीको उपस्थितमा खाद्यान्न सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भयो। आमाघरको तर्फबाट मन्तव्य राख्दै दिलशोभा श्रेष्ठले आफ्नो पिताको पे्ररणाले बृद्ध, आमा, बुवाको सेवामा समर्पित भएको बताउनुभयो। संस्थाको तर्फबाट कार्यकारी अध्यक्ष राजु खतिवडाले विगत लामो समयदेखि पञ्चशील बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले सामाजिक कार्य गर्दै आइरहेको जानकारी दिनुभयो। आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न गतिविधि गर्दै जाने जानकारी दिनुभयो।

 

प्रतिक्रिया दिनुहोस्