वाकओभरमा एभरेस्टको जित



काठमाडौं, (नेस)
कोकाकोला कप अन्तरस्कुल फुटबल प्रतियोगिताको अन्तिम चरणअन्तर्गत शुक्रबार भएको खेलमा एभरेस्ट सेकेन्डरी एकेडेमी (सर्लाही) ले जित हात पारेको छ। एभरेस्टले रूपन्देहीको जनज्योति सेकेन्डरी स्कूलले वाकओभर दिएपछि सहजै जित हात पारेको हो।

अर्को खेलमा बाल गीताञ्जली स्कूलले कैलालीको सैनिक आवासीय महाविद्यालयलाई १–० गोलअन्तरले पराजित गरेको थियो। यसैगरी मोरङको भानुभक्त मेमोरियल बोर्डिङ स्कूलले अर्किड एकेडेमी (नुवाकोट) लाई २–१ ले पन्छाएको थियो। अर्को खेलमा दाङको मिडवेस्टर्न पुलिसले झापाको श्री चन्द्रज्योति स्कुलसँग १–१ बराबरी खेलेको थियो।

प्रतिक्रिया दिनुहोस्