नेपालको यात्रा सेमिफाइनलसम्म



काठमाडौं, (नेस)
पाली युवा क्रिकेट टोली मलेसियामा जारी एसीसी यु १९ एसियाकपअन्तर्गत सेमिफाइनलबाटै बाहिरिएको छ।

शुक्रबार भएको सेमिफाइनल खेलमा नेपाल अफगानिस्तानसँग ७ विकेटले पराजित भएको हो। नेपालले अफगानिस्तानलाई १ सय ४ रनको लक्ष्य दिएको थियो।

अफगानिस्तानले २०.३ ओभरमा तीन विकेटको क्षतिमा सो लक्ष्य सहजै भेटाएर नेपालको यात्रा समाप्त पार्यो। अफगान टोलीका ओपनर रहमानुल्लाह गुर्बाजले ७१ रन बनाएका थिए। नेपाली बलरमा सन्दीप लामिछानेले दुई तथा कमल सिंह ऐरीले एक विकेट हात पारे।

समूह चरणमा ३ पटकको च्याम्पियन भारतलाई हराएर ऐतिहासिक सफलता हासिल गरेको नेपालले अफगानिस्तानको बाधा तोड्न सकेन।

यसै वर्ष पनि यु १९ विश्वकप छनोटअन्तर्गत एसिया समूहमा नेपाल अफगानिस्तानसँग नराम्रोसँग हारेको थियो। सो छनोटमा अफगानविरुद्ध दुई खेलमा नेपालले क्रमशः नेपाल ४९ रन र ९९ रन मात्रै बनाउन सकेको थियो।

टस हारेर ब्याटिङ गरेको नेपालले २८ ओभरमै सबै विकेट गुमाएर केवल १ सय ३ रन बनायो। टोलीका लागि अनिलकुमार शाहले ५० रन बनाउनु नै नेपालको इज्जत बचेको थियो। जबकी अन्य खेलाडीले दोहोरो अंक बनाउनसमेत असफल भए। नेपाली खेलाडीहरू अफगान बलर मुजीब उर रहमानको घातक बलिङसामु चल्न सकेनन्। रहमानले ६ विकेट लिएका थिए।

प्रतिक्रिया दिनुहोस्