स्टाल्लोनको अस्वीकार



न्युयोर्क, (एजेन्सी)
हलिवुड स्टार सिल्भस्टर स्टाल्लोनले आफू ४० वर्ष उमेरको छँदा सन् १९८६ मा एकजना १६ वर्षीया किशोरीलाई यौन उत्पीडन गरेको भन्ने आफूमाथिको आरोपलाई पूर्णरूपमा अस्वीकार गरेका छन्। प्रहरी प्रतिवेदनलाई उद्धृत गर्दै बिहीबार दि डेली मेलले लस भेगासमा ओभर दि टप नामक फिल्मको सुटिङको क्रममा उनले एक किशोरीमाथि यौन दुराचार गरेको खबर छापेको थियो। ७१ वर्षीय स्टाल्लोनका प्रवक्ता मिचेल बेगाले त्यतिबेला ती किशोरीले स्टाल्लोन उनका अंगरक्षकसँग एकैचोटी यौन सम्पर्क राख्दा डर लागेको बताएको भनी झुठो कथा बुनिएको बताएका छन्।

स्टाल्लोनले भनेका छन्– ‘यो घटना घटेकै थिएन। हालै अखबारमा नछापिन्जेल यसबारे कसैलाइ जानकारी नै थिएन। मलाई समेत केही थाहा थिएन।’ यस विषयलाई लिएर अहिलेसम्म स्टाल्लोनले कसैलाई भेटघाट नगरेको बताइएको छ। प्रहरीलाई उद्धृत गरेर डेली मेलमा छापिएको छ– ‘ओभर दि टप फिल्ममा स्टाल्लोनको छोराको भूमिका निभाउने कलाकार डेविट मेनडेन्हलमार्फत ती पीडित किशोरीले लस भेगास हिल्टनको आर्केडमा स्टाल्लोनलाई भेटेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्