उत्तर कोरियालाई आतंकवाद प्रायोजक राष्ट्रको सूचीमा राख्ने तयारी



वासिङ्टन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को हप्ता उत्तर कोरियालाई आतंकवादका प्रायोजक राज्यहरुको अमेरिकी सूचीमा राख्ने विषमा आफ्नो निर्णयको घोषणा गर्नेछन्।

≈वाइट हाउसका प्रवक्ता सारा सैंन्डर्सले अर्को हप्ताको शुरुमै ट्रम्पबाट त्यस प्रकारको घोषणा हुने जानकारी दिए। ≈वाइट हाउसको सल्लाहकार एचआर म्याक मास्टरले पनि उत्तर कोरियाको उक्साउने खालका गतिविधिलाई लिएर अमेरिकाले गम्भीरतापूर्वक विचार गरिरहेको बताए। उत्तर कोरियालाई सुडान, सिरिया र इरानसँगै आतंकवाद प्रयोजित सूचीमा राखिनुपर्ने उनले बताए।

उनले उत्तर कोरियाली तानासाहलाई आफ्नै सौतेला भाइ किम जोङ नामका हत्यारा भएको पनि बताए। गत वर्ष फेब्रुअरी १३ मा मलेसियाको विमानस्थलमा घातक विषादीको प्रयोग गरी हत्या गरिएको थियो।

यसैबीच सुडानले पनि उत्तर कोरियासँग आफ्नो सबै व्यापारिक तथा सैन्य सम्बन्ध विच्छेद गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। खार्तुमको उक्त निर्णयलाई अमेरिकाले स्वागत गरेको छ। अमेरिकी विदेश मन्त्रालयले बुधबार जारी गरेको एक विज्ञप्तिमा सुडानको उक्त पैसलालाई अमेरिकाले स्वागत गरेको र यस मामिलामा निर्णय पूर्ण लागू गराउने दिशामा लगातार सहयोग गरिरहने उल्लेख गरेको छ।

खार्टुममा अमेरिकी राजदूत र सुडानी प्रतिनिधिमण्डलको बैठकपछि सुडानका विदेश मन्त्रालयले उक्त आशयको बयान जारी गरेको थियो। विज्ञप्तिमा उत्तर कोरियासँग आफ्नो सबै प्रकारको व्यापारिक तथा सैन्य सम्बन्ध समाप्त गर्न प्रतिबद्ध रहेको उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्