२० सेकन्डका लागि माफी



टोक्यो, (एजेन्सी)
जापानको रेलवे सेवाको पहिचान समयप्रति प्रतिबद्धता हो। गत मंगलबार सुकुबा एक्सप्रेस लाइनमा चलिरहेको एउटा रेल २० सेकेन्ड अगाडि नै रेल स्टेसनबाट प्रस्थान गर्यो। यो घटनाले रेल व्यवस्थापनका अधिकारीहरुले आफ्नो वेबसाइटमा माफी मागेका छन्। जापानका लागि यो एक प्रकारको अनुशासन पालना नहुनु हो।

वेबसाइटमा अधिकारीहरुले रेल समयभन्दा अगाडि प्रस्थान गरेको र त्यसले यात्रुहरुले अत्यन्त असुविधाको सामना गर्नुपरेको उल्लेख गर्दै उक्त घटनालाई माफी मागेका थिए। अकिहाबार र इबारकी प्रान्तको सुकुबाबीच चल्ने सुकुबा एक्सप्रेस लाइनको सञ्चालन टोक्यो एरिया मेट्रोपोलिटन इन्टरसिटी रेलवेले गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्