सरिफ पुत्र भगौडा



इस्लामावाद, (एजेन्सी)
पाकिस्तानको अकान्टेबिलिटी कोर्टले पूर्वप्रधानमन्त्री नवाज सरिफका दुवै छोरा हसन हुसैन नवाजलाई भ्रष्टाचारको मामिलामा भगौडा घोषित गरेको छ। न्यायाधीश बसिरले सरिफका दुवै छोरा सुनवाइमा उपस्थित नभएको बताए।

उक्त क्रियाकलाप स्वीकार्य नहुने बताउँदै दुवैको नामको अगाडि भगौडा लेख्न आदेश दिएको र यसले मुद्दाको सुनवाइमा पनि फरक पर्ने बताए। भ्रष्टाचारको मामिलामा अदालतमा चलिरहेको मुद्दामा ती दुवै अहिलेसम्म एकपटक पनि अदालतमा उपस्थित नभएको बताइएको छ। उनीहरु लन्डनमा क्यान्सरको उपचार गरिरहेका आफ्नी आमा कुलसुमसँग बसिरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्