कांग्रेसको घोषणापत्र नै आचारसंहिता विपरित



काठमाडौँ । नेपाली कांग्रेसको चुनावी घोषणापत्र नै आचारसंहिता विपरित भएको पाइएको छ । चुनावी घोषणापत्र एक रंगमा मात्र छाप्नु पर्नेमा बहुरंगी घोषणा पत्र छापिएको छ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले शुक्रबार प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेसले आचारसंहित उलंघन गर्दा पनि निर्वाचन आयोग टुलुटुलु हेरेर बसिरहेको आरोप लगाए । उनले सरकार र सत्तारुढ दलले नै निर्वाचन आचारसंहिताको धज्जी उडाएको बताए । कांग्रेसले बहुरंगी घोषणापत्र छापेर निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप लगाउँदै खनालले तत्काल रोक लगाउन निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण समेत गराए । नेता खनालले राज्यशक्तिको दुरुपयोग गरेर निर्वाचन प्रभावित पार्न खोजिए सरकारले गम्भीर परिणाम भोग्ने चेतावनी समेत दिए । कम्युनिष्ट पार्टीको जन्म नै तानाशाही शासनको अन्त्य र लोकतन्त्रका लागि भएको स्पष्ट पार्दै खनालले पुष्पलालले कांग्रेसभित्रको अलोकतान्त्रिक र तानाशाही व्यबहारविरुद्ध बिद्रोह गरेर कम्युनिष्ट पार्टी स्थापना गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्