रुकुमलाई साम्यबादको नमुना जिल्ला बनाउछौं : शर्मा



धनवीर दाहाल, मुसिकोट रुकुम पश्चिम । बिना बिभागीय मन्त्री तथा माओबादी नेता जनार्दन शर्मा प्रभाकरले रुकुम जिल्लालाई साम्यबादको नमुना जिल्ला बनाएर लिने बताएका छन । रुकुम जनयुद्धको उद्गम थलो मात्र भएर साम्यबादको पनि उद्गम थलो हुने बताएका हुन । रुकुम पश्चिमको प्रतिनिधीसभा उम्मेदवार समेत रहेका शर्माले सदरमुकाम मुसिकोटमा आयोजना गरिएको चुनाबी सभालाई सम्बोधन गर्दै यस्तो कुरा बताएका हुन । ‘हिजो हामीले जनयुद्ध गछौं, राजतन्त्र फाल्छौं भन्दा नपत्याए पनि होलान तर हामीले ग¥यौं, उनले भने, ‘अब हामी दलाल पुजीँपतिहरुको बचश्व रहेको पुजीबादको अन्त्य गरेर हामी समाजबादी अर्थ व्यवस्था यो देशमा निर्माण गर्न चाहान्छौं र त्यसका लागि रुकुमबाट शुरु गर्न चाहान्छौं ।’ रुकुममा श्रमशिल र क्रान्तिकारी जनता भएको उल्लेख गर्दै यो नै समाजबाद पुरा गर्ने आधार भएको बताए । रुकुममा निर्माण भएको साम्यबादी आधार देशभर बिस्तार गरेर देशभर साम्यबादको बिजारोपन गर्ने उनको भनाई रहेको थियो । कार्तिक २० गतेबाट औपचारिक रुपमा चुनाबी सभा र घरदैलो कार्यक्रममा शर्मा गाउँगाउँमा ब्यस्त छन ।
कार्यक्रममा रुकुम पश्चिम क्षेत्र नं १ का उम्मेदवार रातो कामी सहित अन्य समानुपातिक उम्मेदवारहरुले पनि सभामा सम्बोधन गरेका थिए । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य शेरबहादुर के.सीले बाम गठबन्धनको बिजयी सुनिश्चित भएको दावी गर्नुभयो । उहाँले अव देशमा बिकास र समृद्धि हुने बताउनुभयो । यसै गरी माओबादी केन्द्रका पोलिटव्युरो सदस्य राजकुमार शर्माले बाम गठबन्धनबाट प्रतिक्रियाबादीहरु आत्तिएको बताउनुभयो । उहाँले अव समाजवाद हुँदै देश साम्यवादमा पुग्ने बताउनुभयो । कार्यक्रममा नेकपा एमाले समानुपातिक उम्मेदवार देवी ओली, माओबादी केन्द्र समानुपातिक उम्मेदवार बिमला के.सी र बुद्धिप्रसाद शर्मा, नेकपा एमाले रुकुमका अध्यक्ष बिमलकुमार पुन लगाएतले प्रतिक्रियावादीहरु बम गठबन्धन देखेर आत्तिएको बताउँदै आफुहरुको एकताले समृद्ध राष्ट्र निमार्ण हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्