हुम्लामा हिमपात, निर्वाचन प्रभावित हुने डर



हुुुम्ला । उच्च हिमाली जिल्लामा हिमपात सुरु भएको छ । उच्च हिमाली जिल्ला हुम्लामा शुक्रबार बिहानैदेखि हिमपात भइरहेको छ । सदरमुकाम सिमकोट र उत्तरी भेगका लिमी, मुचु खगालगाउँ, स्याँडा, हेप्का लगायतका क्षेत्रमा लगातार हिउँ परिरहेको छ । हुम्लाको नाम्खा गाउँपालिका सबैभन्दा बढी हिमपात हुने क्षेत्र हो । जम्बुकाश्मिरमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण हिमपात सुरु भएको र केही दिन हिउँ पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन । हिमपातका कारण निर्वाचन प्रभावित हुन सक्ने डर देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्