गौचन हत्यामा संलग्न थप दुईजना हतियारसहित समातिए



काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न थप दुईजना हतियारसहित समातिएका छन् । काठमाडौंको कपनबाट बसन्त थेवे र धनराज योङहाङलाई दुईवटा पेस्तोल र १० राउण्ड गोलीसहित प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई गौचन घरबाट बाहिर निस्केको सूचना सुटरलाई दिनुका साथै हत्यामा प्रयोग गरिएको हतियार लुकाउन मद्दत गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  मूख्य सुटरसहित पाँचजनालाई प्रहरीले ३७ दिनपछि मंगलबार मात्रै पक्राउ गरी सार्वजनिक गरेको थियो ।

असोज २३ गते शान्तिनगरस्थित घरबाट निस्केका गौचनलाई दिउँसो पौने ३ बजे मोटरसाइकलमा आएका दुई युवाले गाडीभित्रै गोली हानी गौचनको हत्या गरेका थिए । हत्याका मुख्य योजनाकार भनिएकाहरु भने अझै फरार छन् ।

प्रतिक्रिया दिनुहोस्