नुवाकोटमा वम विस्पोट पाँचजना घाइते



शालिकराम चालिसे, नुवाकोट । नुवाकोटको ककनि गाउँपालिकामा बम विस्पोट भएको छ । बम विस्पोटबाट ५ जना घाइते भएका छन । बम विस्पोटमा कोको घाइते भएको भन्नेबारे विररण आउन वाँकि रहेको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरिक्षक विरेन्द्र कुमार वस्यालले बताउनुभयो ।
ककनी गाउँपालिकाबाट चतुरालेतर्फ जाँदै गर्दा भएको विष्फोटको छर्रा लाग्दा महतका प्रचार टोलीका सदस्य उपेन्द्र मिश्र सख्त घाइते भएका छन् भने अन्य ४ जना सामान्य घाइते भएका छन । बा १६ च ६६५ नम्बरको गाडी एम्बुसमा परेको बताइएको छ । घाईतेहरुलाई उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज लैजाँदै छ । । घटना बारे थप जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यललय नुवाकोटले जनाएको छ ।

नुवाकोट दुई नम्बर क्षेत्रका उम्मेद्वार महत चढेको गाडीमा आक्रमण हुँदा उहाँ सकुसल रहे पनि उहाँका तीन कार्यकर्ता घाईते भएका छन् । मत माग्न जाने क्रममा नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर सातमा महतमाथि आक्रमण भएको हो । महत नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका उम्मेदवार हुन् ।

 

प्रतिक्रिया दिनुहोस्