रामशरण महतको गाडी एम्बुसमा, थप जानकारी आउन बाँकी



काठमाडौं ।  नेपाली काँग्रेसका नेता डाक्टर रामशरण महतको गाडी एम्बुसमा परेको छ । नुवाकोट दुई नम्बर क्षेत्रका उम्मेद्वार महत चढेको गाडीमा आक्रमण हुँदा उहाँ सकुसल रहे पनि उहाँका तीन कार्यकर्ता घाईते भएका छन् । मत माग्न जाने क्रममा नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर सातमा महतमाथि आक्रमण भएको हो । घाइते हुनेहरुमा उपेन्द्र मिश्र र भेषकुमार तामाङको परिचय खुलेपनि अन्यको एकको नाम खुल्न सकेको छैन । बा १६ च ६६५ नम्बरको गाडी एम्बुसमा परेको बताइएको छ । घाईतेहरुलाई उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज ल्याइदैछ । घटना बारे थप जानकारी आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्