ओप्पोको नयाँ फोन नेपाली बजारमा



काठमाडौं, (नेस)
ओप्पोले आफ्नो नयाँ उत्पादन नयाँ सेल्फी एक्स्पर्ट एफ फाइभ नेपाली बजारमा भित्र्याएको छ। कम्पनीले नेपाल आइडलका उत्कृष्ट तीनको समेत सहभागिता सहित एक कार्यक्रमका बीच नयाँ स्मार्टफोन सार्वजनिक गरेको हो।

नेपाली बजारमा नयाँ फोन बुधबारदेखि बजारमा उपलब्ध गराएको जनाएको छ। कम्पनीले फोनको मूल्य ३३ हजार ९ सय ९० रुपियाँ तोकेको छ। फोनमा ओप्पोको कलर ओएस ३.२ सञ्चालन प्रणाली रहेको कम्पनीले जनाएको छ।

फोनमा ३ हजार २ सय एमएएच व्याट्रि जडान गरिएको मोबाइलमा क्यामेराको एप्लिकेसन चलिरहेको अवस्थामा पन िनिरन्तर १२ घण्टासम्म सहज रूपमा फोन चलाउन सकिने सुविधा रहेको छ।

फोनमा व्लूटुथको तुलनामा १ सय गुण तिव्र गति सहितको ओसेयर फाइल सेयरिङ प्रविधि उपलब्ध रहेको छ। यसको सहयताले ३ एमबी क्षमताका ८ देखि १० वटासम्म तस्विर एकै सकेन्डमा पठाउन सकिने प्रविधि रहेको कम्पनीको दावी रहेको छ।

फोनमा सेल्फी प्रेमीलाई विशेष ध्यानमा राखि उद्योगकै पहिलो आर्टिफिसियल इन्टेलिजेन्सी (एआई) प्रविधि उपलब्ध गराइएको ओप्पोका प्रोडक्ट म्यानेजर जिथिन अब्राहमले जानकारी दिनुभयो। नेपालमा उपस्थित फोन ब्राण्ड मध्ये पहिलो पटक ओप्पोले यस फोनमार्फत् सेल्फीका लागि फ्रन्ट क्यामेरामा आर्टिफिसियल ईन्टेलिजेन्सी प्रविधि समाहित रहेको अब्राहमको दावी छ।

सार्वजनिक भएको नयाँ फोन ओप्पोकै पहिलो फुल स्क्रिन एफएचडी डिस्प्ले मोडल हो। उच्च रिजोलुसन क्षमतासहितको स्क्रिनले उपभोक्तालाई जीवन्त दृष्यानुभुति प्रदान गर्ने कम्पनीको दावी छ। यो स्मार्टफोन तीनवटा संस्करणमा आउने बताईएको छ। जसमा एफ ५, एफ ५ ६ जीबी र एफ ५ यूथ रहेका छन्।

फोनको यसको आधारभूत संस्करणमा ४ जीबीको र्याम र ६४ जीबीको आन्तरिक स्टोरेज हुनेछ भने अर्कोमा ६ जीबीको र्याम र ६४ जीबीको स्टोरेज छ। यसमा फोटोको लागि २० मेगापिक्सेलको फ्रन्ट क्यामरा छ भने १६ मेगापिक्सेलको रियर क्यामरा छ। यो फोन गोल्ड र ब्ल्याक कलर अप्सनमा आउने छ।

प्रतिक्रिया दिनुहोस्