कूटनीतिज्ञ खसे



 

न्युयोर्क, (एजेन्सी)
एकजना अस्ट्रेलियाली कूटनीतिज्ञको अमेरिकाको न्युयोर्कमा साथीहरूसँग रामाइलो गरिरहेका बेला एउटा भवनको बार्दलीबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ। न्युयोर्क प्रहरीले ३० वर्षीय जुलियन सिम्पसनको म्यानह्याटनको एउटा भवनको सातौं तल्लाबाट खसेर दोस्रो तल्लामा बजारिएर मृत्यु भएको पुष्टि गरेको छ। अमेरिकी सञ्चार माध्यमले खस्नुअघि उनी एकजना साथीसँग ‘ट्रस्ट गेम’ खेलिरहेको बताइएको छ। सिम्पसन संयुक्त राष्ट्र संघका लागि अस्ट्रेलियाको सहायक कूटनीतिज्ञ हुन्। तत्कालै अस्पताल पुर्याइएका उनलाई चिकित्सकहरूले मृत घोषित गरेका थिए।

प्रतिक्रिया दिनुहोस्