दोस्रो नजिकको ग्रह



 

केप केनभेराल, (एजेन्सी)
खगोलशास्त्रीहरूले पृथ्वी आकारको एउटा नजिकै नयाँ ग्रह पत्ता लगाएका छन्। उक्त ग्रहको एक वर्ष भनेको पृथ्वीको १० दिनबराबरको मात्र रहेको छ। ११ प्रकाशवर्ष दूरीमा रहेको रोस १२८बी सौर्य मण्डलबाट बाहिर अहिलेसम्म फेला परेका मध्ये दोस्रो नजिकको ग्रह हो। जसको सतहको तापक्रम हाम्रो धर्तीकै जति हुने सम्भावना बलियो रहेको जनाइएको छ। रोस १२८ बी उसको ताराको अन्त्यन्त नजिक छ , त्यसैले उसको कक्ष पनि छोटो छ। तर उक्त रातो बामन तारा चिसो भएकाले उसले धरै तापक्रम ब्यहोर्नुपर्दैन। तारा शान्त देखिन्छ, त्यसको अर्थ उसले कुनै प्रकारको रेडिएसन उत्सर्जन गर्दैन।

प्रतिक्रिया दिनुहोस्