हुम्लामा माओवादीले स्वतन्त्र उम्मेद्वारलाई सघाएपछि एमाले अन्यौलमा



हुम्ला । हुम्लाको एकिकृत माओवादी केन्द्रले आफ्नो पार्टीको आधिकारिक उम्मेद्वारलाई भन्दा स्वतन्त्र उम्मेद्वारलाई सघाउने निर्णय गरेका छन् । जिल्लाको दक्षिणमा रहेको अदानचुली, ताँजाकोट र मध्यभागको सर्केगाड गाउँपालिकाको गाउँ कमिटीले स्वतन्त्र उम्मेद्वार छक्कबहादुर लामालाई सघाउने निर्णय गरेको छ । सार्वजनिक वक्तव्यमा सर्केगाड गाउँपालिकाका एकिकृत माओवादी केन्द्रका गाउँ कमिटी अध्यक्ष राजेन्द्र कार्की मिलनले बाम गठबन्धनको तर्फबाट नेकपा (एमाले) काप्रदेश नं. १ ‘क’ का उम्मेद्वार दल रावल र स्वतन्त्र उम्मेद्वार छक्कबहादुर लामालाई सघाउने निर्णय गरेको जानकारी दिए ।

एकिकृत नेकपा माओवादी केन्द्रले टिकट वितरणमा अन्याय गरेको भन्दै माओवादी केन्द्रका पोलिटव्युरो सदस्य छक्कबहादुर लामाले स्वतन्त्र उम्मेद्वारकोे रुपमा मनोनयन दर्ता गर्दा पार्टीका नेता तथा कार्यकर्ता कसलाई सघाउने भन्नेमा दोधारमा परेका थिए । उता पार्टीको टिकट पाएका माओवादी केन्द्रका जिल्ला संयोजक छिमी लामा ‘आशाकर’ भने आधिकारिक उम्मेद्वार आफु भएकोले आफुलाई सघाउन भन्दै प्रचारमा लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्