नपड्कीएको बमको हल्लाले प्रहरीलाई तनाव



सिर्जना पन्त, बागलुङ । गल्कोट नगरपालिकाले फोहोर संकलन गरेर नष्ट गर्दै आएको स्थानबाट बिहीबार मध्यानमा चर्काे आवाज आयो । नजिकै संयुक्त बाम गठबन्नका शिर्ष नेताहरुले सम्बोदन गर्ने भनिएको कार्यक्रमको तयारी चलिरहेको थियो ।
नेकपा एमालेका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री के.पी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सम्बोदन गर्ने भनिएको चुनावी सभालाई लक्षीत गरेर बम पडकाईएको भन्दैं एकाएक हल्ला चल्यो ।
डम्पिङ साइडबाट चर्काे आवाज आएको समयमा शिर्ष नेताहरुको स्वागत र सुरक्षाको लागि बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी र एसपी समेत कार्यक्रम स्थलमा पुगिसकेका थिए । डम्पिङ साइडको प्रजिअ र एसपीले आफै अनुगमन गरे ।
घटनाको बारेमा बुझन खोज्दा प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले नगरपालिकाले थुपारेको फोहोरको थुप्रोमा सिसा पर्न जाँदा ठुलो आवाज आएको बताउँनुभएको छ । ‘चर्काे आजाव आउँदा साथ मानिसहरुको भिडमा कसैले बमको आवाज भनिदिहोला, त्यहि कुरा एक कान दुइ कान मैदान भयो, बास्तममा त्यो बमको होईन फोहोरको थुप्रोमा व्याट्रि, मोवाईल या सिसाजस्ता अन्य कुनै बस्तु पोलिदा पनि त्यस्तो आवाज आउँछ, थापाले भन्नुभयो ।
जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी चन्द्रकँवेर खापुङले आफु स्वयम डम्पिङ साइडमा पुगेर खोजतालासनै गरेको भन्दैं बम पडकिएको भन्ने हल्ला मात्र भएको बताउँनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्