​एआईजी बढुवाविरुद्ध उजुरी



काठमाडौं । नेपाल प्रहरीको एआईजी बढुवाविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । निर्वाचन आचारसंहिताविपरीत बढुवा गरेको भन्दै बाम गठबन्धनले सरकारविरुद्ध निर्वाचन आयोगमा उजुरी गरेको हो ।
सरकारले गत सोमबार चुनावको मुखमा नयाँ दरबन्दी सिर्जना गरी चार जना डिआईजीलाई एआईजीमा बढुवा सिफारीस गरेको थियो । संगठनलाई एआईजी पहिले नै धेरै भइसकेको अवस्थामा आर्थिक चलखेलका आधारमा एआईजी बढुवा ष्रिएको थियो । जसमा निर्वाचन आयोगले समेत वास्ता नगर्नुलाई आश्चार्यका साथ हेरिएको छ ।
एमाले अध्यक्ष केपी  ओलीले सरकारले आफ्नो शैली नसच्याए मंसीरको चुनावपछि बन्ने सरकारले एकमुष्ट खोरेजीको निर्णय लिनुपर्ने चेतावनीसमेत  समेत दिएका छन् ।
‘म कांग्रेसलाई आंतकवाट उम्किएर स्वस्थ्य प्रतिष्पर्धामा आउन आग्रह गर्छु । चुनावको मुखमा के गर्नु हुन्छ ? के गर्नु हुन्न ? भन्ने देउवाजीलाई चार पटक प्रधानमन्त्री हुँदा पनि थाहा भएन ?,’ प्रेस चौतारी नेपाल र प्रेस सेन्टरले आयोजना गरेको बिशेष पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले  भने । उहाँले सरकारले गरेको सवै निर्णय चुनावपछि बन्ने सरकारले उल्टयाउने घोषणासमेत  गरेका छन् । ‘यो सरकारको काम चुनाव गर्ने मात्र हो । सरकारले सिमा भित्र रहेर काम गरोस, नभए भोलि हामीले एकमुष्ठ वदर गर्नुपर्ने हुन्छ । म सरकारलाई सचेत गराउन चाहन्छु, भोलि हामीले सरकारको निर्णय एकमुष्ठ बदर गर्नु नपरोस् ।’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्