नारायणकाजी श्रेष्ठलाई लक्षित गरी गोरखामा बम बिष्फोट



नेपाल समाचारपत्र, गोरखा ।
गोरखा नगरपालिका १० को सिर्भी खोला नजिकै वाम गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार नारायणकाजी श्रेष्ठ चढेको गाडीलाई लक्षित गर्दै बम बिष्फोट भएको छ ।

बाह्र किलोमा गठबन्धनको वैठकमा सहभागी भएर फर्किने क्रममा दिउसो पौने चार बजेतिरको समयमा बम बिष्फोट भएको वाम गठबन्धनको चुनावी प्रचारमा हिंडेका कार्यकर्ताले बताएका छन् ।

त्यती बेला वाम गठबन्धनका गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार नारायण काजि श्रेष्ठ र प्रदेश सभाकी उम्मेदवार कमला नहर्की सँगै थिए ।

बम विष्फोट पश्चात त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्