ओली–प्रचण्डको कार्यक्रमस्थल नजिकै बम विस्फोट



नेपाल समाचारपत्र, बागलुङ ।
बागलुङको गल्कोट नगरपालिका हटियामा एमाले, माओवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रमस्थल नजिक बम बिस्फोट भएको छ। गल्कोट बहुमुखी क्याम्पसको प्रांगणमा आयोजना गरिएको कार्यक्रमस्थल नजिकै पछाडिपट्टिको फोहोर फालिएको ठाउँबाट बम पड्केको आवाज आएको स्थानीयले बताएका छन् ।

बिस्फोटको आवाज आए पनि हेर्दा केही नदेखिएको उनीहरूको भनाई छ। ‘चर्को विस्फोटको आवाज आयो, हामी पनि यही थियौं,’ जिसीले भने,‘पछि हामी सबै त्यहाँ गएर हेर्दा केही त्यस्तो चिज देखिएन ।ु जिल्ला प्रहरी कार्यालय बागलुङले भने विस्फोटको कुनै जानकारी नआएको बताएको छ।

कार्यक्रम स्थल नजिकबाट चर्को विस्फोट आवाज आएपछि कार्यक्रम एकछिन अन्योलमा परेको थियो । कार्यक्रमलाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आउने कार्यक्रम रहेको छ ।

ओली र प्रचण्ड आउने सभामा नै बम विस्फोट गराइए पछि बाग्लुङको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्