सिंचाई राज्यमन्त्रीमाथि बम प्रहार



काठमाडौं । सिंचाई राज्यमन्त्री एवं कांग्रेस रोल्पाका उम्मदवार अमरसिंह पुनमाथि बम प्रहार भएको छ । रोल्पाको स्वर्णवती गाउँपालिका–१, बाद्रिवनमा बिहीबार दिउँसो उनीमाथि बम प्रहार गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय रोल्पाले बम प्रहारको पुष्टि गरेको छ । तर उनलाई केही नभएको प्रहरीले जनाएको छ । उनीमाथि सुत्ली बम प्रहार भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्