नेपालकै होचा कलाकार दिपेन शाहको निधन



नेपाल समाचारपत्र, काठमाडौँ ।

नेपालकै होचा कलाकार दिपेन शाहको बिहिबार निधन भएको छ ।

केही दिनअघि ज्वरोका कारण आस्पताल भर्ना भएका शाहाको उपचारको क्रममा बिहिबार बिहान ७ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको दुई वटै मृगौला फेल भएर मुटुमा पनि असर पुगेपछि उनको निधन भएको बताइएको छ ।

२०५५ सालमा दोलखाको भीमेश्वर नगरपालिका मकैवारीमा जन्मिएका कलाकार हाँस्यचलचित्र ‘छेउ न टुप्पो’ र ‘झ्याइँकुटी झ्याइँ’ मार्फत लोकप्रिय बनेका थिए ।

३१ इन्च मात्र अग्ला रहेका शाहले ‘सारथी’ नामक चलचित्रबाट अभिनयको यात्रा शुरु गरेका थिए । उनी ललितपुरको डाँफे स्कूलमा कक्षा १० मा अध्ययनरत थिए ।

प्रतिक्रिया दिनुहोस्