एनआईबीएल क्यापिटलद्वार शाखा विस्तार



 

काठमाडौं, (नेस)
एनआईबीएल क्यापिटल मार्केटस् लिमिटेडले दुई स्थानमा शाखा विस्तार गरेको छ। कम्पनीले उपत्यका भित्र लगनखेल तथा उपत्यका बाहिर पोखराको चिप्लेढुंगामा सेवाग्राहीलाई मर्चेन्ट बैंकिङअन्र्तगतका विभिन्न सेवा सर्वसुलभ तरिकाले प्रदानगर्न आफ्नो शाखा विस्तार गरेको जनाएको छ।

लगनखेलको शाखाको उद्घाटन नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले गर्नु भएको हो। उक्त समारोहमा नेपाल इन्भेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे, एनआईबीएल क्यापिटलका अध्यक्ष सचिन टिवडेवाल, एनआईबीएल क्यापिटलका प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाण्डेलगायतको उपस्थिति रहेको थियो। कम्पनीले शाखा कार्यालयबाट पनि सेवाग्राहीलाई सर्वसुलभ तरिकाबाट उत्कृष्ट सेवा दिने विश्वासका साथ शाखा विस्तार गरेको जनाएको छ।

एनआईबीएल क्यापिटलले मर्चेन्ट बैकिङअन्तर्गत निष्काशन तथा बिक्री प्रबन्ध, शेयर रजिस्ट्रेसन, धितोपत्रको प्रत्याभुति सेवालगायत सामुहिक लगानी कोष, निक्षेप सदस्य तथा लगानी व्यवस्थापनको सेवा प्रदान गर्दै आइरहेको छ। हाल यस कम्पनीले बैंक⁄वित्तीय संस्था, बीमा कम्पनी, जलविद्युत् कम्पनी तथा होटल गरी जम्मा ३१ वटा कम्पनीको शेयर रजिस्ट्रेसन सम्बन्धीकार्य गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्