सिप्रदीलाई सुपर प्लाटिनम अवार्ड



काठमाडौं, (नेस)
सिप्रदी ट्रेडिङले ग्राहकमुखी सेवा प्रदान गरेबापत सुपर प्लाटीनम अवार्ड प्राप्त गरेको छ। नेपाल उद्योग परिसंघ र अमेरिकामा प्रधान कार्यालय रहेको ‘फ्रस्ट एन्ड सुलेमान’ नामक आर्थिक तथा व्यवसायिक क्षेत्रको संस्थासँग साझेदारीमा मंगलबार सम्पन्न ‘नेपाल बिजिनेस एक्सिलेन्स अवार्ड २०१७’ कार्यक्रममा उक्त अवार्ड सिप्रदीलाई प्रदान गरिएको हो।

नेपालको व्यवसायिक समुदायमा उक्त अवार्डलाई विशिष्ट दर्जामा मानिन्छ। विश्वमा मान्यता प्राप्त पाँच सूचक दिगो आर्थिक तथा गैर आर्थिक फाइदा, रणनीतिक साझेदारी, कर्मचारी तथा व्यवसायबीचको मैत्रीपूर्ण साझेदार, भरपर्दो व्यवस्थापन प्रक्रिया तथा व्यापार उत्पादकताको आधारमा कम्पनीका कार्यलाई मूल्यांकन गरी अवार्ड प्रदान गरिएको हो।

सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले उक्त अवार्ड ग्रहण गर्दै भविष्यमा अझै राम्रो सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। सिप्रदी ट्रेडिङ नेपालमा गाडी तथा त्यससँग सम्बन्धित व्यवसाय सञ्चालन गर्ने प्रतिष्ठित कम्पनी हो। सन् १९८२ देखि टाटा मोटर्सको नेपालमा एक मात्र आधिकारिक बिक्रेता हो।

प्रतिक्रिया दिनुहोस्