दोहोरो नागरिकता



सिड्नी, (एजेन्सी)
अस्ट्रेलियाका स्वतन्त्र सिनेटर ज्याक्वी ल्याम्बी दोहोरो नागरिकताका कारण राजीनामा दिने आठौं विधायक हुन पुगेकी छिन्। आँखामा आँसु राख्दै उनले हालै मात्र आफ्नो पिता र हजुरबुबामार्फत बेलायती नागरिकता पनि रहेको बताएकी छिन्। अस्ट्रेलियाको संविधानअनुसार विधायकहरूको अस्ट्रेलियाली नागरिकता मात्र हुनुपर्दछ। उपप्रधानमन्त्री बार्नाबी जोयसलगायत थुप्रै राजनीतिज्ञले दाहोरो नागरिकताका कारणले नै पदबाट राजीनामा दिइसकेका छन्। यस विषयका कारण मध्यमार्गी दक्षिणपन्थी सरकार अप्ठइरो स्थितिमा पुगेको छ। प्रधानमन्त्री मोल्कोम टर्नवुलको लिवरल पार्टी संसद्मा अल्पमतमा परिसकेको छ।

प्रतिक्रिया दिनुहोस्