वाम गठवन्धनलाई जिताउन महिला संजाल गठन



धन बस्नेत, पोखरा ।
कास्कीका विभिन्न संघसंस्थामा आवद्ध महिलाहरु एकजुट भएर वाम गठवन्धनलाई जिताउन महिला संजाल गठन गरेका छन् ।

राधिका शाहीको संयोजकत्वमा कास्की क्षेत्र नं २ को १ महिला संजाल उपसमिति गठन भएको हो । सहसंयोजक कमला रानाभाट र सदस्य सचिव सुष्मा पौडेल रहने गरी एक हजार एक सस्सिय समिति गठन गरिएको हो ।
संजालले पोखरा १७ वाट मतदाता शिक्षा कार्यक्रम मंगलवारदेखी सुरु गरिसकेको छ । कार्यक्रमका प्रमुख अतिथि वामगठवन्धन क्षेत्र नं २को १ प्रचारप्रसार समिति संयोजक युवराज पौडेलले वाम गठवन्धनलाई जिताउन सम्पुर्ण क्षेत्रका महिलाहरु एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

नेकपा एमाले प्रदेश कमिटि २ को १ का संयोजक समेत रहेका पौडृेलले संजालले मतदाताशिक्षा कार्यक्रमम सञ्चालन गर्न लागेकोमा खुसी व्यक्त गरे । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सदस्य हिरा गिरी, वडा नं १७का अध्यक्ष तिर्थराज अधिकारी, अध्यक्ष संजालका संयोजक राधिका शाही योगी,संजालका सहसंयोजक कालीका रानाभाट ,सचिव सुष्मा पौडेल,नेकपा एमाले वडा नं १७का अध्यक्ष सुवास ढुङ्गाना,अनेमसंघ नगर उपाध्यक्ष ज्ञानु सुवेदी,अनेमसंघ क्रान्तिकाीका मिना वराल,पवित्रा पनेरु अनेम संघ वडा नं १७को अध्यक्ष सम्झना तिमील्सीना लगायतले वोलेका थिए ।

वडा सदस्स तथा सञ्जाल वडा नं १७का संयोजक तारा सेवाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा २ सय ५० सदस्सिय कमिटि गठन गरिएको छ । कार्यक्रमा बुधवारदेखी वडा नं १७मा हुनलागेको घरदैलो अभियानलाई सफल पार्न समेत एकजुट भएर लाग्ने प्रतिवद्धता जाहेर गरेका छन् ।

वाम गठवन्धनको प्रतिनिधी सभाका उमेद्वार रविन्द्र अधिकारी र प्रदेश सभाका उमेद्वार कृष्ण थापाका साथमा का साथमा वडा नं १७ले पोखरा वृद्धाश्रममा फलफुल वितरण गरेर घरदैलो अभियान सुरु गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्