अस्पतालमा बिरामीसँग लिईने शुल्कमा अनियमितता, थोरै रकम कार्यलय प्रतिमामा देखाएर बढि रकम कर्मचारीको खल्तिमा



सञ्जय कार्की, रौतहट ।
चन्द्रनिगाहपुर अस्पतालमा बिरामी संग लिईने शुल्क रकममा अनियमितता हुने गरेको खुलेको छ । चन्द्रनिगाहपुर अस्पताल स्वास्थ्य ब्यबस्थापन समिति द्धारा संचालित आकस्मिक सेबामा उपचारका लागि आउने बिरामी संग लिईने शुल्क रकमको थोरै रकम कार्यालय प्रतिमा देखाएर बढि रकम कर्मचारीको खल्तिमा जाने गरेको खुलासा भएको छ ।

उक्त अस्पतालको आकस्मिक सेबामा सर्पदशं, लगायत आकस्मिक अबस्थाको बिरामीको जाँच हुने गरेको छ । मङ्गलबार जचाँउन आएका सर्पदशको बिरामी गरुडा नगरपालिका–२ का मंगल साहकी श्रीमती शुसिला साह संग अस्पतालको रसिदमा एक हजार एक सय रुपैँया लेखेर कार्यालय प्रतिमा एक सय मात्र लेखेको पाइएबाट अस्पतालमा अनियमितता हुने गरेको पाइएको हो ।

करारमा नियुक्त अस्पतालका चिकित्सक संजय बच्छारले बिरामीका आफन्त संग ८ सय रुपैया दिए रसिद नदिने एक हजार एक सय दिए रसिद दिने भन्दै मोलमोलाई गरेका थिए । बिरामीका आफन्तले पुरै रकम तिर्ने बताएपछि चिकित्सक बच्छारले दिएको रसिदमा एक हजार एक सय चढाएर कार्यालय प्रतिमा एक सय चढाएर एक हजार अपचलन गरेका हुन । साह संग मात्र हैन उनी जस्तै गुजरा नगरपालिका–५ निबासी ऐनुल हकका ५ बर्षिय नातीको उपचारका लागि दिएको रसिदमा समेत उस्तै प्रकृतीले चढाएको पाइएको छ । यो घटना पहिलो पटक नभएर धेरै पटक भएको हुन सक्ने भन्दै ती दुबै बिरामीका आफन्तले छानबिनको माग राखेका छन ।

उनीहरुले सक्कली बिलमा एउटा रकम र कार्यालय प्रतिमा अर्कै रकम लिदा समेत सम्बन्धित प्रमुख बेखबर बनेका छन । उपचारका लागि आउने सर्पदशका बिरामी संग अस्पतालकै कर्मचारीको मोलमोलाई हुनु दुखद कुरो रहेको स्थानीय रत्न अधिकारीले बताउनु भयो । बिरामी बचाउन आफन्त लाई चिन्ता हुन्छ त्यही समयमा चिकित्सकको मोलमलाई बिरामीका आफन्तले जतिपनि रकम दिनु पर्ने बाध्यताको अबस्था सूजना हुने गरेको अधिकारीको भनाई रहेको छ ।

सो सेबामा दैनिक पाच जना भन्दा बढि सर्पदशका बिरामी उपचारका लागि भर्ना हुदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्