म्यानमार सेनाको प्रतिवेदन सार्वजनिक



यांगुन, (एजेन्सी)
म्यानमार सेनाले मंगलबार अल्पमत मुस्लिम समूह रोहिंग्यामाथि अत्याचार गरेको भनी आफूमाथि लागेको आरोपमा गरिएको आन्तरिक अनुसन्धानको परिणाम सार्वजनिक गरेको छ।

सो सार्वजनिक गरिएको प्रतिवेदनमा सेनाले रोहिंग्यालाई नमारेको, तिनीहरूको गाउँ नजलाएको, महिला तथा बालिकालाई बलात्कार नगरेको तथा तिनीहरूका भौतिक सम्पत्ति नचोरेको जनाएको छ।
यो प्रतिवेदन बीबीसीका पत्रकारहरूले यस समस्या सम्बन्धमा प्रस्तुत गरेका प्रमाणसँग मेल खाएको छैन।

संयुक्त राष्ट्रसंघले सरकारी फौजले रोहिंग्या मुस्लिमलाई सफाया नै गरेको आरोप लगाएको थियो। अन्तर्राष्ट्रिय मानव अधिकार निकाय एमनेस्टी इन्टरनेसनलले सेनाको प्रतिवेदनलाई बनावटी भएको बताएको छ। एमनेस्टीले संयुक्त राष्ट्रसंघलाई सो क्षेत्रमा सत्य तथ्य पत्ता लगाउनेलाई परिचालन गर्न अनुरोध गरेको छ।

रोहिंग्यामाथि दमन भइरहेको बताइएको क्षेत्रमा सञ्चारको प्रवेशलाई सहज बनाइएको छैन। करिव ६० लाख रोहिंग्या छिमेकी मुलुक बंगलादेशतर्फ पलायन भइसकेका छन्। रोहिंग्या लडाकूले प्रहरी चौकीहरूमा आक्रमण गरी सुरक्षाकर्मीको हत्या गरेपछि समस्या चर्केको हो।

प्रतिक्रिया दिनुहोस्