इरान भूकम्पमा मर्नेको संख्या ४ सय नाघ्यो



 

तेहरान, (एजेन्सी)
इरान र इराकको सीमावर्ती क्षेत्रमा आइतबार आएको भूकम्पमा ठूलो संख्यामा मानिस हताहत भएको छ। भूकम्पमा मर्नेको संख्या बढेर ४ सय नाघिसकेको छ।

त्यसै गरी इराकमा उक्त भूकम्पबाट मर्नेको संख्या ९ पुगेको छ। इरानको सरकारी समाचार एजेन्सीले एक अधिकारीलाई उद्धृत गर्दै करिब ७ हजार जना घाइते भएको उल्लेख गरेको छ। त्यसै गरी करिब ७० हजार नागरिक घरबारविहीन बनेका छन्। इरानमा यो वर्षमा ३ पटक भूकम्प आइसकेको छ।

अमेरिकी भूगर्भ सर्वेक्षणले हालै आएको भूकम्पको केन्द्रविन्दु इराकी इलाका हलाब्जाबाट दक्षिण पश्चिममा ३२ किलोमिटर दूरीमा रहेको
जनाएको थियो।

इरान लामो समयदेखि भूकम्प प्रभावित देश रहेको छ। यहाँ करिब हरेक वर्ष भूकम्प आउने गरेको छ। यस वर्षको कुरा गर्ने हो भने आइतबार आएको भूकम्प चौथो कम्पन हो। यसअघि मे, अप्रिल र जनवरीमा भूकम्मको धक्का महसुस गरिएको थियो। ती भूकम्पहरू ५ देखि ७ रिक्टर स्केल तीव्रताका थिए। यसपटक आएको भूकम्प ७ दशमलव ३ म्याग्निच्युडको हो।

भूकम्प आउनुको कारण
इरानमा भूकम्प आइरहनुको कारण इरानको जागरोस पर्वत शृंखलालाई मानिएको छ। यो पर्वत अरेबियन प्लेट्स र युरेसियन प्लेट्स एक–आपसमा ठोक्किएर बनेको हो। भूकम्पको चक्र चल्ने क्रममा ती पर्वतहरूको निर्माण भएको हो। अरेबियन र युरेसियन प्लेट्स पटक–पटक ठोक्किने गर्छ। जसले जागरोस पर्वतमा पटक–पटक भूकम्पको झट्का आउने गर्छ। यद्यपि भूकम्प आउनुको प्राकृतिक कारणबाहेक मानव निर्मित कारण पनि जिम्मेवार हुन्छ। इरानलाई भूकम्पको हिसाबले अत्यन्त धेरै सक्रिय देश मानिँदैन। भूकम्पमा अत्यन्त धेरै ऊर्जा निष्कासन हुने स्थानलाई मात्र अतिसक्रिय मानिन्छ र धेरै म्याग्निच्युडको भूकम्प आउने गर्छ। तर, इरानमा धेरै तीव्रताको नभई भूकम्पको संख्या धेरै हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस्