बैठक बहिष्कार



 

राष्ट्रसंघ, (एजेन्सी)
भेनेजुयलाको विषयमा अमेरिकाद्वारा आयोजित संयुक्त राष्ट्र सुरक्षा परिषद्को अनौपचारिक बैठकलाई रुस, चीन, इजिप्ट र बोलिभियाले बहिष्कार गरेका छन्। १५ सदस्यीय उक्त विश्व संस्था निकायले भेनेजुयलाको मामिलामा संलग्न हुन नहुने उनीहरूले बताएका थिए। उक्त मुद्दा भेनेजुयलाको आन्तरिक घरायशी मामिला भएको र त्यसैलाई तोडमरोड गरेको राष्ट्रसंघका लागि रुसी राजदूत वेसिल्ली नेवेन्जियाले पत्रकारहरूलाई बताए। भेनेजुयलाले उक्त मुद्दालाई शान्तिपूर्ण तरिकाले बाहिरी हस्तक्षेपबिना समाधान गर्नेमा आफू आशावादी रहेको पनि उनले थपे।

प्रतिक्रिया दिनुहोस्