गौचन हत्याको कनेक्सन !



काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । लामो समयको अनुसन्धानपछि प्रहरीले घटनामा संलग्न ५ जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई प्रहरीले मंगलबार अपरान्ह पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा राजीव स्याङ्ताङ, शिवजी महतो, मुकेशकुमार पाण्डे, प्रकाश बुढाथोकी र सन्तोष गुरुङ छन् ।

प्रहरीले फरार अभियुक्तहरुको पनि नाम सार्वजनिक गरेको छ , फरार अभियुक्तहरुमा समिरमानसिंह बस्नेत, मनोज पुन, लोप्साङ, बोका भन्ने गंगा लिङदेन (लिम्बू), श्यामबहादुर गुम्बे, काले दाइ भन्ने अम्बरबहादुर राना, रोशन बुढाथोकी र अजय थापा छन् ।

गत असोज २३ गते दिउँसो शान्तिनगरमा रहेको घरबाट निस्केर गाडीमा चढी केही मिटर पर नपुग्दै मोटरसाइकलमा आएका दुई जना मास्क लगाएका व्यक्तिले गौचनलाई गोली हानेका थिए । घाइते भएका गौचनको उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रहरीले घटनाको छानबिन गर्ने डीआईजी गणेश केसीको नेतृत्वमा छानबिन समिति गठन गरी अनुसन्धान अघि बढाएको थियो ।

प्रतिक्रिया दिनुहोस्