शरदकुमार गौचनका हत्यारा ​घैंटेका पार्टनर ! (फोटो फिचर)



काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको हत्या गुन्डा नाइने समिरमान सिंह बस्नेतले गराएको खुलेको छ । गोली हान्ने सुटरसहित बस्नेतका सहयोगीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न सुटरसहित ५ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको हो । मुख्य योजनाकार भने अझै फरार छन् । यसरी पक्राउ पर्नेमा राजीव स्याङतान, सिर्जे महतो, मुकेश पाण्डे, सन्तोष गुरुङ र कैलाश गुरुङ रहेका छन् । पक्राउ परेका मध्ये राजीव स्याङतानले गौचनमाथि गोली प्रहार गरेका थिए । ३१ वर्षीय स्याङतान नुवाकोटका वासिन्दा हुन् । त्यस्तै, ३५ वर्षीया सिर्जे महतोले हतियार र मोटरसाइकलको व्यवस्थापन गरेका थिए । विहारका २४ वर्षीय मुकेश पाण्डेले हतियार दिलाएका थिए भने पर्साका सन्तोष गुरुङले मोटरसाइकल दिएका थिए । पक्राउ पर्ने मध्येका कैलाश गुरुङले पनि हत्यामा सहयोगीको भूमिका खेलेको बताइएको छ । गत असोज २३  गते  गौचनको वानेश्वरमा दिनदहाडै गोली प्रहार गरी हत्या  भएको थियो ।  २३ गते दिउँसो  दिउँसो काठमाडौंको शान्तिनगर, खरिबोटस्थित घरबाट निस्केर अलि पर पुगेका गौचनमाथि दुईजना व्यक्तिले गोली हानी भागेका थिए । गौचन चढेको गाडीको अगाडिबाट गोली हानिएको थियो । गौचनमाथि तीनओटा गोली हानिएको थियो । एउटा गोली मुटुमा, एउटा कलेजोमा र एउटा गोली पेटमा लागेका गौचनलाई तत्काल नयाँनेश्वरस्थित सिभिल अस्पताल लगिएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
समिरमान प्रहरी मुठभेडमा मारिएका कुमार घैंटेका पार्टनर हुन् । घैंटको मृत्युपछि उनी फरार छन् । गत २३ असोजमा शान्तिनगरमा गौचनको हत्या भएको थियो । 

प्रतिक्रिया दिनुहोस्